दफा ३०
जग्गाको अधिकतम हदबन्दीमा छुट
(१) कुनै उद्योगलाई आवश्यक पर्ने जग्गा प्रचलित कानून बमोजिम राख्न पाउने जग्गाको अधिकतम हदभन्दा बढी भएमा सो बढी भएसम्मको जग्गा राख्ने छुट पाउन त्यस्तो उद्योगले उद्योग दर्ता गर्ने निकायमार्फत नेपाल सरकार समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन पर्न आएमा उद्योगको आवश्यकताको आधारमा नेपाल सरकारले प्रचलित कानून बमोजिम तोकिएको शर्तको अधीनमा रही तोकिएको हदसम्मको जग्गा राख्न पाउने गरी छुट दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन पर्न आएमा उद्योगको आवश्यकताको आधारमा नेपाल सरकारले प्रचलित कानून बमोजिम तोकिएको शर्तको अधीनमा रही तोकिएको हदसम्मको जग्गा राख्न पाउने गरी छुट दिन सक्नेछ ।